कोभिड-१९

देशभर २ सय ३५ जना काेभिडका सक्रिय संक्रमित

इकागज | मंसिर १२, २०७९

काठमाडौँ- नेपालमा थप ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।​

देशभर गरिएको ६ सय १५ पिसिआर परीक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

चीनमा एकैदिन ४० हजार बढी कोभिड संक्रमित, मुख्य सहरमा सरकारविरुद्ध प्रदर्शन

इकागज | मंसिर १२, २०७९

बेइजिङ- चीन पछिल्लो २४ घन्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये...