अपराध

साथीको हत्या गरी फरार रहेका तिखे २१ वर्षपछि पक्राउ

इकागज | चैत ६, २०८०

काठमाडौँ- साथीको हत्या गरी  २१ वर्षदेखि फरार रहेका तिखे भन्ने तेजबहादुर राई पक्राउ परेका छन् । उनले २१ वर्षअघि काठमाडौँ महानगरपालिका १९ का  २६ वर्षीय साथी संजय शाहीको हत्या गरी फरार रहेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो । उनले शाहीको २०५९ असोज १४ गते काठमाडौँ महानगरपालिका १९ को मरुढोका इनाटोलको राँगा काट्ने वधशालामा रडले हानेर हत्या गरेका थिए ।

टाउको र शरीरमा फलामको रडले हानेर हत्या गरेर विष्णुमती खोला किनारमा फालेर राई फरार थिए । ४१ वर्षीय राई सोलुखुम्बु नेचा सल्यान ४ का स्थायी ठेगाना रहेको छ ।

हत्यापश्‍चात् अभियुक्तले सुष्माको फेसबुकमा लेखेका थिए 'सरी सबैलाई म तीन दिनमा आउँछु'

अतिन आचार्य | चैत ४, २०८०

काठमाडौँ- गत माघ २३ गते सुष्मा मंगोलियन नामको फेसबुकबाट विवाहित जोडीको फोटो सार्वजनिक भयो । फोटोको ...

वित्तीय संस्थाको सूचना प्रणाली ह्याक गर्न खोज्ने व्यक्ति पोखराबाट पक्राउ

इकागज | चैत १, २०८०

काठमाडौँ- विभिन्न वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याउन प्रयास गर्ने ...

छात्रालाई दुर्व्यवहार गरेको आराेपमा मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

इकागज | फागुन ३०, २०८०

विराटनगर - होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्म...