सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक छ : मन्त्री बस्नेत

इकागज | चैत १८, २०८०

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा मन्त्री बस्नेतले नेपालमा ऊर्जाको माग र खपत वर्षभरि नै लगभग समान रहेपनि जलविद्युत् उत्पादन भने वर्षायाममा बढ्ने र सुक्खायाममा घट्ने भएकाले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका हुन् ।

उनले सौर्य ऊर्जाको प्रवर्द्धनसहित ऊर्जा पहुँच बढाउन र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नका लागि सौर्य गठबन्धन गठन भएको तथा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरू यसका आबद्ध रहेको जानकारी दिए । उक्त सम्झौतामा एक सय १८ देशले हस्ताक्षर गरिसकेको र ९७ देशले स्वीकृत नै गरिसकेको ऊर्जामन्त्री बस्नेतले जानकारी दिए ।

जलवायु परिवर्तनका चुनौतीसँग जुध्नका लागि स्वच्छ ऊर्जा प्रयोगमा जोड दिने तथा ऊर्जा सुरक्षालाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धताका लागि नेपालले यो सम्झौता पत्रमा हस्ताक्षर गरेको उनको भनाइ छ ।

बैठकमा सांसदहरूले सौर्य ऊर्जाका क्षेत्रमा ठूलो वैदेशिक लगानी भित्र्याउन सकिने सम्भावना रहेको भन्दै यसको आवश्यकता बढी रहेको धारणा राखेका थिए ।

बुढीगण्डकी जलविद्युत् : ८ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, यस्तो छ लगानीको ढाँचा

इकागज | चैत १०, २०८०

काठमाडौँ- लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थि...

स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने : बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ

इकागज | चैत २, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्र...

ऊर्जा मन्त्रालयले बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?

इकागज | फागुन २६, २०८०

काठमाडौँ- चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्व...

विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश

इकागज | फागुन १७, २०८०

काठमाडौँ - नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आई.टी....