जात्रा-पर्व

शंकरदेव क्याम्पसकाे स्ववियुद्वारा हाेली विशेष कार्यक्रम, नयाँ विद्यार्थी आन्दोलनमा जाेड

इकागज | चैत ११, २०८०

काठमाडौँ- काठमाडौँकाे शंकरदेव क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले हाेली विशेष कार्यक्रम मनाएकाे छ । क्याम्प प्रांगणमा आइतबार आयोजित कार्यक्रममा विद्यार्थी आन्दोलनलाई देश विकासमा जाेड्नुपर्ने आवश्यकता औँल्याएकाे हाे । 

नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतले शंकरदेव कलेजकाे विकासका स्ववियुकाे विशेष योगदान गरेकाे बताए । 'सबै जसाे क्याम्पसकाे स्ववियुमा नेविसंघकाे उपस्थिति छ । देश परिवर्तनका लागि विद्यार्थी नै लाग्नुपर्छ,' उनले भने, 'देश निर्माण गर्ने विद्यार्थी उत्पादनमा स्ववियुले जाेड दिनुपर्छ ।' 

नयाँ जाेगीहरू धेरै खरानी घसेर स्टन्ट गर्दै नागरिकमा भ्रम छर्ने काम गरिरहेकाे बताए । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वार्थकाे द्वन्द्व हुने गरी  गृहमन्त्री बनेर नैतिकताकाे राजनीतिलाई चुनाैती दिएकाे नेता बस्नेतले बताए । 

२०८४ पछि साना माओवादी केन्द्रजस्ता सत्ता लिप्त साना दलकाे दाेकान बन्द हुने बस्नेतले बताए । 

यस्तै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले विद्यार्थीकाे हक हितका लागि धेरै काम गर्न बाँकी रहेकाे बताए । 

शंकरदेव क्याम्पका लागि बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठकाे पहलमा ५० लाख र शंकरदेवका पूर्व सभापति शुभराम बस्नेतकाे पहलमा काठमाडौँ महानगरपालिकाबाट ४० लाख प्राप्त भएकाे सभापति बस्नेतले बताए । 

यस्तै शंकरदेव स्ववियु सचिव मदन उपाध्यायले मुर्झाएकाे विद्यार्थी आन्दोलन उठाउनुपर्ने चुनाैती देखिएकाे बताए । कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसका स्ववियु सभापतिहरूकाे उपस्थिति रहेका थियाे ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

इकागज | चैत ११, २०८०

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकत...

चाडबाडलाई समृद्ध बनाउँदै जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख घिमिरे

इकागज | चैत ११, २०८०

काठमाडौँ - सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्ता...

होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री

इकागज | चैत ११, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेप...