साहित्य

ऊ जिउँदै छ

सुमन सिग्देल | फागुन १२, २०८०

कसले भन्यो ऊ मर्‍यो भनेर 
अस्ति भर्खर हो उसले गैरी खेत बेचेको 
अस्ति भर्खर हो ऊ सुकुम्वासी बनेको 
अस्ति भर्खर त हो ऊ ऋण तिर्नै नसकेर गाउँ छाडेको 
कसले भन्छ ऊ मर्‍यो भनेर ऊ जिउँदै छ ।। 

अस्ति भर्खर त हो उसले गणतन्त्रको नारा लगाएको 
अस्ति भर्खर त हो ऊ आफैलाई सहरमा बेचेर विदेश भासिएको 
अस्ति भर्खर त हो उसको प्रिय मान्छे हराएको 
अस्ति भर्खरै त हो आफन्तहरूले उसलाई नचिनेको 
कसले भन्छ ऊ मर्‍यो भनेर ऊ जिउँदै छ ।।

अस्ति भर्खर त हो ऊ उसले सपना देखेको पैसाको 
अस्ति भर्खर त हो उसलाई थाहा भएको जाँदै गरेको बैंशको 
अस्ति भर्खर‌ त हो उसलाई थाहा भएको ऊ बन्धक बनेको 
अस्ति भर्खरै त हो ऊ काठको बाकसमा बन्द भएको 
श्वास पो छैन त 
कसले भन्छ ऊ मर्‍यो भनेर 
ऊ त गहिरो निन्द्रामा छ उठ्दै नउठ्ने गरी ।।

कविताको आयाम

इकागज | फागुन ६, २०८०

पोखरा- कविताले भाव मात्र लेख्दैन । क्रान्ति लेख्छ, पोख्छ । कविताले प्रहार गर्छ शब्द मार्फत । यसका विविध आया...

सम्झनामा बालकृष्ण सम

इकागज | माघ २४, २०८०

काठमाडौँ- नेपाली नाट्यसम्राट बालकृष्ण सम (विसं १९५९-२०३८) को १२२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना...

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई

इकागज | पुस २९, २०८०

काठमाडौँ- यस वर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गरिएको छ...