सुदूरपश्चिम

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

इकागज | जेठ ५, २०८१

कञ्चनपुर- कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

नक्कली डाक्टर पक्राउ

इकागज | जेठ ३, २०८१

डोटी- जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शि...

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतमा उपचार गरेर फर्किएकी युवतीको मृत्यु

इकागज | जेठ १, २०८१

धनगढी- कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा ...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

इकागज | बैशाख ३१, २०८१

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा...