सुदूरपश्चिम

नाउपाका कैलाश चौधरीले पनि पेस गरे मुख्यमन्त्रीमा दाबी

इकागज | बैशाख २, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी पेस गरिएको छ ।

केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रूपमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । यसअघि आजै नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

सरकारको दाबी गर्न नाउपाका लक्ष्मण किशोर प्रदेश प्रमुख कार्यालय पुगे

इकागज | बैशाख २, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर च...

सुदूरपश्चिममा केन्द्रलाई काउन्टर : नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

इकागज | बैशाख २, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीव्र गतिमा बढेको छ ...

नाउपा सुदूरपश्चिम दलका नेता चौधरी निलम्बित, सभामुखलाई पत्र पठाइयो

इकागज | चैत ३०, २०८०

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । ...