कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

इकागज | जेठ ३, २०८१

कर्णाली- कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ । उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ ।

नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

इकागज | बैशाख १९, २०८१

कर्णाली -  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्त...

चालु आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्‍न गर्छौं : मुख्यमन्त्री कँडेल

इकागज | बैशाख १७, २०८१

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षका सबै योजनाहरू जेठ मसान्त...

संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

इकागज | बैशाख १६, २०८१

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश...