दैनिक ११ घण्टा विद्युत् भार कटौतीले एसइई विद्यार्थी मर्कामा

इकागज | चैत ३, २०८०

सिमकोट (हुम्ला)- हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् । 

विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ । यही चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ । विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ । 

ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निराश छन् । 'दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?', खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे । गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ । 

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन अन्यलाई पनि सास्ती भएको छ । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ ।

कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी  समस्यामा छन् । विद्युत् भार कटौतीपछि  सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ ।  

नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्वीकारे । तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उनको भनाइ छ । हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताए । रासस

सिडिएस पार्क मुगुले निर्माण गर्‍याे अपाङ्गमैत्री भौतिक संरचना

इकागज | फागुन २९, २०८०

मुगु- मुगु जिल्लाको एक गैर सरकारी संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुल...

मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

इकागज | फागुन २८, २०८०

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबा...

भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

इकागज | फागुन २४, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने ...

कर्णालीमा कांग्रेसका तीनै जना मन्त्रीहरूले दिए राजीनामा

इकागज | फागुन २२, २०८०

काठमाडौँ- कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्म...

राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो :  मुख्यमन्त्री शर्मा

इकागज | फागुन २२, २०८०

कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको ...

विवाहकाे निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य

इकागज | फागुन २०, २०८०

त्रिवेणी - रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ...