कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

इकागज | चैत २७, २०८०

सुर्खेत- कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५:५० बजेभित्र समय दिएका थिए ।

कर्णालीमा सरकार गठनको आज अन्तिम दिन, एमालेका कँडेलले मुख्यमन्त्रीमा दाबी गर्ने

इकागज | चैत २७, २०८०

सुर्खेत- कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइँदैछ ।  कर्णाली प्रदेश प्रमुख तिलक परि...

केन्द्रलाई चुनौती दिँदै कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी

इकागज | चैत २१, २०८०

सुर्खेत- कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पु...