बैंक-वित्त

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

इकागज | माघ ३, २०८१

नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

नबिलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए ।

यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो । जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि उपलब्ध गराइएको थियो ।

राउटे समाज मुख्यतः सुर्खेत तथा कर्णाली प्रदेशका आसपासका जिल्लाहरूमा बसोबास गर्दै आएको छ ।

यस समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण यो समाजलाई केन्द्रित गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्वबारे जागरूकता, र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनले बताए।

“राउटे समुदायको विशिष्ट सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो, शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ,” उनले भने।

स्वास्थ्य शिविरमा राउटे समुदायको मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातीको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको बताए ।

राउटेहरूको समग्र विकासको लागि गाउँपालिका लगायत समग्र प्रदेश र संघीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उनले बताए ।

विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उनले बताए । उनले नबिल बैंकको यस सहयोगको लागि धन्यावाद दिँदै आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ।

कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य

इकागज | पुस २६, २०८१

कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको स...

सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छ्रे बैंकको सेयर बिक्रीमा ल्यायो

इकागज | पुस २६, २०८१

काठमाडौँ- माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ ला...

लक्ष्मी सन् राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा सम्पन्‍न

इकागज | पुस २४, २०८१

काठमाडौं- आज पौष २४ गते लक्ष्मी सन् राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भय...

“फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क !”

इकागज | पुस २४, २०८१

काठमाडौं- फोनेपे, नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थ...

कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम

इकागज | पुस २२, २०८१

काठमाडौं- कुमारी बैंकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम ...