हाम्रो बारे

समाचार साइटहरूका संख्यात्मक फड्कोबीच इकागजडटकम ekagaj.com को पहिचान र सामर्थ्य यसले पस्किने सत्यसहितको तथ्य र तथ्यसहितको सत्यमा हुनेछ । हामी समर्थन र विरोधको भूमध्यरेखामा टेकेर लोकतन्त्र, सुशासन, समृद्धि, खुला अर्थतन्त्र, सामाजिक न्यायको मार्गमा यहाँहरू सँगसँगै यात्रा गर्नेछौँ ।

सूचना र प्रविधिमा आएको अभूतपूर्व वैश्विक विकासको छायाँ समाचार ग्रहणका तौरतरिकामा स्पष्ट देखिँदो छ । जसरी सूर्य डाँडाबाट उदाएर डाँडैमा अस्ताएको पाउँछौँ, उसरी नै हाम्रा आँखा पनि बिहान मोबाइल फोन हेर्दै खुल्छन् अनि आँखा बन्द पनि मोबाइल फोन हेर्दैहेर्दै हुन्छन् । यसरी हामीले अत्यधिक समय व्यतीत गर्ने सूचना–संसारमा हाम्रा भाका र भाष्य हाम्रै भाषामा गुणस्तरीय तवरमा निकै कम भएको अनुभव तपाईंले जस्तै हामीले पनि गरेका छौँ ।

हामी ekagaj.com लाई हाम्रो समयको ‘मिरर इमेज’ वा ‘वाटर इमेज’ बनाउनेछैनौं । ऐनाले दायाँलाई बायाँ अनि बायाँलाई दायाँ, पानीले तलको माथि अनि माथिको तल देखाएजस्तो ekagaj.com मा समयको तस्बिर विम्बमा हैन, वस्तुका रूपमा हुनेछ । वस्तुपरक र यथार्थपरक सामग्रीको गहिराइ, उचाइ र फैलावट यहाँले अनुभव गर्न सक्नुहुनेछ ।

सूचना, शिक्षा र मनोरञ्जनका लागि कागज नै पल्टाउनुपर्ने युगबाट इकागज हेर्दा पनि हुने यो युगमा यहाँलाई ekagaj.com मा हार्दिक स्वागत छ । हाम्रो अस्तित्व तबसम्म मात्र छ, जबसम्म यहाँहरू पाठक र दर्शक, लेखक र आलोचक, शुभेच्छुक र विज्ञापकका रूपमा हामीसित जोडिनुहुनेछ ।