प्रदेश / स्थानीय सरकार

बर्जु घटनाकाे छानविन गर्न समिति गठन

इकागज | माघ ५, २०७८
सुनसरी – बर्जु घटनाको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलवार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी म…