कूटनीति

इपीजीको विषयलाई उचालेर दुई मुलुकबीचको सम्बन्ध बिगार्न चाहिनँ : प्रधानमन्त्री दाहाल

इकागज | जेठ २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।

उक्त विषय सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सो बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए । भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार अपराह्न स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहोर्याए ।

प्रधानमन्त्री दाहालले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईँहरूले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर, अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन ।’

मोदीलाई प्रचण्डको जवाफ : सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन

इकागज | जेठ १९, २०८०

नयाँ दिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका छन् । बुधबार ...

भारत र नेपालबीच उल्लेख्य उपलब्धि हासिल भएका छन् : प्रधानमन्त्री मोदी

इकागज | जेठ १८, २०८०

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पु...