प्रमुख समाचार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

इकागज | जेठ २५, २०८०

पाेखरा- गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमतले पारित भएको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २१ गते प्रदेश सभासमक्ष प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि ३ दिनसम्म छलफल गरिएको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिए ।

मुख्यमन्त्री पाण्डेले प्रदेशलाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समुन्नत बनाउने अभियानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गरे । प्रदेशको प्रथम पञ्चवर्षीय योजना र त्यसको समीक्षालाई आधार मानेर नीति तथा कार्यक्रम ल्याएको उनले प्रस्ट्याए ।

मुख्यमन्त्री पाण्डेले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाए । उनले वर्तमान सरकारका लक्ष्य र प्राथमिकता स्पष्ट रूपमा नीति तथा कार्यक्रममा झल्केको बताए । संघीय सरकारसँग अधिकारका लागि जुध्न र स्थानीय तहलाई साथै लिएर हिँड्न सरकार तयार रहेको उनको भनाइ थियो ।

गरिब परिवारका लागि १० प्रतिशत शय्या नि:शुल्क गर्न निर्देशन

इकागज | जेठ २५, २०८०

मकवानपुर- संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको राजधानी हेटौंड...

म प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको छ : प्रधानमन्त्री

इकागज | जेठ २५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरेका...

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

इकागज | जेठ २५, २०८०

कैलाली- धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम रिपोर्टस् अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएक...

संसद्‌मा रविको स्पष्टीकरण- नागरिकता विधेयकमा रास्वपा कुनै समुदायविरुद्ध छैन

इकागज | जेठ २५, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयकका सम्बन्धनमा ...