प्रमुख समाचार

नेपालमा राजसंस्था अपरिहार्य: कमल थापा

इकागज | असोज ४, २०८०

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् । पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन् । महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रीय समितिबाट गराएका छन् ।

महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिकाबाट बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गरेका छन् । आज बिहान सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना व्यक्त गर्दै थापाले राजा प्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिव्यक्ति  दिएका छन् ।

थापाले सबै गुनासो ,चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन् । सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशव्यापी प्रदर्शनबाट थापा थप हौसिएका छन् । उनले आज ट्विटमार्फत् भनेका छन् " राजा प्रतिको मेरो गुनासो,असन्तुष्टि आफ्नो ठाउँमा छ। तर,जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र कतिपय चल्तिका आमसञ्चार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु। अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।"

एमालेकी सांसद घर्तीमगर भन्छिन्- रोल्पालीको जनजीवनमा परिवर्तन ल्याउन माओवादीले विशेष पहल गर्नुपर्छ

इकागज | असोज ४, २०८०

काठमाडौँ- रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध...

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

इकागज | असोज ४, २०८०

न्यूयोर्क- परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा र...

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेट

इकागज | असोज ४, २०८०

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहा...

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौँमा

इकागज | असोज ४, २०८०

काठमाडौं- आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।  आफ्ना माग पुरा गराउनका ...

यस्तो हुनेछ आजको मौसम

इकागज | असोज ४, २०८०

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्च...