यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’

इकागज | साउन १०, २०८१

काठमाडौँ- यही साउन १० गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित 'ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लू स्ट्रिक्स' एक रोमाञ्चक र नवीन कार्यक्रम भएको यामाहाले जनाएको छ । यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने यामाहाको भनाइ छ ।

यामाहाले भनेको छ, 'यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । 'ब्लु स्ट्रिक्स' यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा "म्यान-मेसिन" अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।'

'ब्लु स्ट्रिक्स' कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्ने छन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरी 'ब्लु स्ट्रिक्स' ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य यामाहाले राखेको छ ।

'ब्लु स्ट्रिक्स' को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो,' एमएडब्लु राइडर्सको सि. एम. व.पुनम सिंहले भने, 'हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।'

यामाहा एरोक्स १५५ ले काठमाडौँदेखि लद्दाखसम्मको यात्रा सम्पन्न गर्‍यो

इकागज | साउन ८, २०८१

काठमाडौँ- सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौँदेखि भारतको लद्दाखसम्मको...

नेपालकै भरपर्दो विद्युतीय गाडी हुन्डाईको कोना किन्न अब शून्य प्रतिशत ब्याजदरमा

इकागज | असार २०, २०८१

काठमाडौँ- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी...

नेपालमै पहिलोपटक २२ र २५ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

इकागज | असार १४, २०८१

काठमाडौँ- शशिला मोटर्स प्रा. लि.ले  Vanche ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस न...