जात्रा-पर्व

बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु

इकागज | जेठ १६, २०८०

कैलाली । धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा रहेको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो। 

स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उपमहानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो।

बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुँदै आएको छ। गंगादशहरा मेलामा भारतको उत्तर प्रदेशबाट सयौंको संख्यामा पर्यटकहरु दर्शनकालागी बेहडाबाबा पुग्ने गर्दछन् । 

मेला आयोजनाले बेहडाबाबालाई आन्तरिक र बाह्य पर्यटकहरुको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास रहेको मन्दिरका अध्यक्ष पदमराज जोशीले बताए ।उनले बिहानैदेखि भारतीय तथा नेपालका धर्मावलम्बीहरुको घुइँचो लागेको बताए । यस अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क आधाभन्दा कम

इकागज | जेठ ११, २०८०

काठमाडौँ- रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज (बिहीबार) मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाख...

आज सिथि नखः पर्व, पानीका स्राेत सफा गर्दै नेवाः समुदाय (फाेटाेफिचर)

अनुज बज्राचार्य | जेठ ११, २०८०

काठमाडौं– नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् । यो नेवार समुदायले वर्षायामअघिको अन्तिम च...