बेष्ट फाइनान्सको शेयर बिक्रीमा

इकागज | माघ ११, २०८१

काठमाडौँ- बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।

कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरुका नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
 

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो, वैदेशिक रोजगारीमा रहेकाले भर्न पाउने

इकागज | माघ ८, २०८१

काठमाडौँ- नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंगलबार (आज) देखि आइ...

गार्डियन इन्स्योरेन्सको आइपीओ आइतबार बाँडफाँट हुने, १७ लाख २२ हजारको हात खाली हुने

इकागज | माघ ४, २०८१

काठमाडौँ- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ माघ ६ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखर...

एनआईसी एसियाको स्वामित्वमा रहेको तीन कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

इकागज | माघ ४, २०८१

काठमाडौँ- एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शु...