गार्डियन इन्स्योरेन्सको आइपीओ आइतबार बाँडफाँट हुने, १७ लाख २२ हजारको हात खाली हुने

इकागज | माघ ४, २०८१

काठमाडौँ- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ माघ ६ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । 

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार यसमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ६ हजार ८४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ । 

कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो । 

रेटिङ एजेन्सी केयर नेपालले इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।

एनआईसी एसियाको स्वामित्वमा रहेको तीन कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

इकागज | माघ ४, २०८१

काठमाडौँ- एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शु...

नेपाल लाइफको माघ २८ गते सभा, सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्दै

इकागज | माघ ३, २०८१

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले स...

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने

इकागज | पुस २८, २०८१

काठमाडौँ- नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदे...