निराश जनतालाई आशावादी बनाऔँ : गगन थापा

इकागज | जेठ २५, २०८०

धनकुटा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् ।
 
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ला अधिवेशन उद्घाटनमा आएका थापाले अहिले देशका सबै राजनीतिक कार्यकर्ता तथा आमनागरिक सरकार र देशको अवस्थाबाट निराश भएको बताए ।
 
'माओवादी शान्ति प्रक्रिया र संविधान लेखनपछि केही हुन्छ भनेर आश गरेका नेपालीहरूले दुवै कालखण्डपछि केही नभएकाले निराश छन्,' थापाले भने, 'यस्तो अवस्थामा आम नागरिकमा उत्साह छर्ने काम नेपाली कांग्रेस तथा पार्टी कार्यकर्ताहरूको हो ।'
 
सत्ता र सरकारभन्दा नागरिकको सरोकार प्रमुख भएकाले कांग्रेसले नागरिकको समस्या समाधान गरेर निराशाको दलदलबाट उनीहरूलाई उठाउनुपर्ने थापाको भनाइ थियो ।

अर्को प्रसङ्गमा थापाले राजनीतिमा कुनै दुश्मन वा मित्र नहुने कांग्रेसको नीति भएकाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताए ।
 
सत्ता र सरकार कांग्रेसको प्राथमिकता नभए पनि वर्तमान अवस्थामा कांग्रेसले गठबन्धन गरेर त्यसको विपरीत काम गर्दा नागरिकमा गलत सन्देश गएको थापाको भनाइ थियो । कांग्रेस जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा सङ्घ, प्रदेश र जिल्लाका सात स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

उपसभामुख र दलका उपनेतामाथि भएको आक्रमणको एमाले संसदीय दलद्वारा भर्त्सना

इकागज | जेठ २५, २०८०

विराटनगर- पहिचानवादी समूहको नाममा दल सम्बद्ध नेता कार्यकर्ताहरूकै संलग्नतामा उपसभामुख सृजना दनुवारमाथि...

नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छः बाबुराम भट्टराई

इकागज | जेठ २५, २०८०

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्क...

सरकार नै पहिचानवादको पक्षमा लागेर देशभर जनता भड्काइरहेको छ : अध्यक्ष ओली

इकागज | जेठ २५, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्...

आगामी आर्थिक वर्षको बजेटमा पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयो : सांसद गुरुङ

इकागज | जेठ २५, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट पञ्चायतकालीन बजेटका र...

नागरिकता विधेयकमा बाधक बन्नेविरुद्ध आन्दोलन गर्ने निधिको चेतावनी

इकागज | जेठ २४, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र स...