आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : नेपाल

इकागज | असार २५, २०७९

बुटवल - नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने बताएका छन् । गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले अब हुने संघ तथा प्रदेशको निर्वाचनसम्म कायम रहने दोहोर्‍याए ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे । 

एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनले बताए । उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेको बताउँदै थप सफलता प्राप्त गर्ने दाबी समेत गरे । 

उनले गठबन्धन आवश्यकता अनुसार भएता पनि स्थानीय तहमा आफूहरू आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने बताए । 

अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भएको समेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’

माओवादीले बनायो प्रदेश समन्वय समिति, कुन प्रदेशमा कहिले प्रशिक्षण र बैठक ?

इकागज | असार २५, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँ...

विद्यार्थी संगठनको विवाद समाधानका लागि माओवादीले बनायो तीन जनाको सुझाव समिति

इकागज | असार २५, २०७९

काठमाडौँ-  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बिहान पार्टी कार्यालय पे...

चुनावमा अन्तर्घात भएपछि माओवादीले गठन गर्‍यो तीन सदस्यीय छानबिन समिति

इकागज | असार २५, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छा...

गठबन्धनका उम्मेदवारलाई हराउँदै बुढीगंगा-९ को अध्यक्षमा एमालेका सिंह विजयी

इकागज | असार २५, २०७९

कैलाली - बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिनबहादुर सि...

राप्रपाका नेता तथा कार्यकर्ता धर्ना दिन जाँदा खोटाङमा प्रशासनको अवरोध

इकागज | असार २४, २०७९

खोटाङ - भ्रष्टाचार र महंगी नियन्त्रणको माग गर्दै धर्ना दिन गएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता तथा...

जापानी पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भत्सर्ना गर्दछु : अध्यक्ष ओली

इकागज | असार २४, २०७९

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख ...

भ्रष्टाचार नियन्त्रणसहित २२ बुँदे माग पूरा गर्न सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन

इकागज | असार २४, २०७९

काठमाडौं - राप्रपाले भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर देशभर प्रदर्शन गरेको छ । राप्रपा ...