मन्त्रीकै मुकुण्डो लगाएर सडकमा माग्न बसे पछि...

इकागज | असार २७, २०७९

पोखरा - प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाढेपछि चौतर्फी आलोचना भैरहेको छ । यही क्रममा एमालेनिकट अनेरास्ववियूले सोमबार पोखरामा अनौठो विरोध प्रदर्शन गर्‍यो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसे । ट्रष्टलाई सहयोग गर्ने भन्दै व्यांग्यात्मक रुपमा एक रुपैयाँ उठाउन थालेको अनेरास्ववियूका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए ।

अनेरास्ववियुले पोखरा(७ रत्नचोकबाट उक्त अभियान सुरु गरेको हो । यसलाई पोखराका विभिन्न चोक र जिल्ला जिल्लामा विस्तार गर्ने पौडेलको भनाइ छ । मुख्यमन्त्री पोखरेलका बाबु गोवर्धन शर्माको नाममा ५० लाख, मन्त्री श्रेष्ठका बाबु पुननारायण र आमा धनकुमारीको नाममा खुलेको ट्रष्टमा दुई शीर्षकबाट एक करोड विनियोजन भएको थियो । यस्तै, विभिन्न पार्टीमा आवद्ध व्यक्ति तथा संस्थालाई १० करोडभन्दा धेरै रकम विनियोजन गरिएको छ ।

उक्त कार्यको विरोध गर्दै अनेरास्ववियूले नौलो विरोध शैली अपनाएको हो । विरोधपछि मुख्यमन्त्री पोखरेलको सचिवालयले  विज्ञप्ती जारी गरी उक्त बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्न मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

त्यसअघि नै मन्त्री श्रेष्ठले उक्त रकम आफूले नलिने घोषणा गरे । सांसद पियारी थापाले खोलेको संस्थामा पनि हालसम्म गण्डकी सरकारले ६० लाख खर्च गरिसकेको छ भने आगामी वर्षका लागि थप ७० लाख छुट्याइएको छ ।

गठबन्धनबारे ओलीको टिप्पणी - एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन

इकागज | असार २७, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्...

देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न, भ्रातृसंस्था आवश्यक छ कि छैन ?

इकागज | असार २७, २०७९

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भ...

घुस र कमिसनले जीवन चलाउने राजनीति रहेसम्म मुलुक बन्दैन : श्रेष्ठ

इकागज | असार २७, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घुस तथा कमिसनले जीवन चलाउने सदावहार चिन्तन...

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा

इकागज | असार २७, २०७९

काठमाडौँ- सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्...

विश्वप्रकाश शर्माको प्रश्‍न - देउवालाई यस्तो सल्लाह कसले दिन्छ ?

इकागज | असार २७, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फि...

१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनको सबैभन्दा ठूलो गल्ती गरे : भुसाल

इकागज | असार २७, २०७९

काठमाडौँ - नेकपा एमालेका नेता घनश्याम भुसालले १० बुँदे सहमति लत्याएर माधवकुमार नेपालले आफ्नो जीवनको ...