गठबन्धनको विकल्पमा पनि ध्यान दिनुपर्छ : सहमहामन्त्री पाण्डे

इकागज | असार ३०, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन् । 

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बी मा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए । 

सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरुले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए । उनले आगामी दिनमा काँग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रिय सदस्यहरुले कुरा राखेको बताए । 

उनले भने, ‘सरकारसँग सम्बन्धित प्रश्नहरु पनि उठेका छन् । हामी पदाधिकारीले दिनसक्ने जवाफ हामीले दिन्छौँ, सरकारको तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ । लोकतन्त्रमा प्रश्न उठ्छन्, उठाउनुपर्छ । प्रश्नको जवाफ पनि खोज्नुपर्छ । केही समीक्षात्मक प्रश्नहरु उठेका छन् । आगामी दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरु छन्, त्यसैले यसको उत्तर पार्टीले दिन्छ । गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरु गर्नुभएको छ । भ्रातृ संस्था र पार्टीका निकायलाई पूर्णता दिनुपर्ने कुरा छ । गठबन्धन तोड्नुहुँदैन तोडिए प्लान बीमा पनि जानुपर्ने कुरा छ । कामकाजी बन्न सकिएको छैन ।’

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकाले सबै पदाधिकारीले जिम्मेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । 

देउवालाई अर्जुननरसिंहको जवाफ - पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ

इकागज | असार ३०, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले...

स्पष्टीकरण सोधेपछि राप्रपाका तीन नेताले भनेः पार्टीभित्र न्यूनतम प्रजातन्त्रको अवसान भएकै हो ?

इकागज | असार ३०, २०७९

काठमाडौँ-  राप्रपा कार्य सम्पादन समितिले गरेको निर्णयप्रति तीन सदस्यले आपत्ति जनाएका छन् । समितिको ब...

नेमकिपा अध्यक्ष बिजुक्छे र चिनियाँ विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

इकागज | असार २९, २०७९

काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सिपि...

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छः केन्द्रीय सदस्य पराजुली

इकागज | असार २९, २०७९

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले नेपा...

पार्टीलाई थप प्रभावकारी बनाउन नेतृत्वलाई कांग्रेस सदस्यहरूको सुझाव

इकागज | असार २९, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दि...