एमालेले महंगीविरूद्ध साउन १६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने

इकागज | साउन ४, २०७९

काठमाडौँ - नेकपा (एमाले) ले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो । 

पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी वनाइएको छ । ​जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ । 

राजधानीको वसन्तपुरबाट शुरू हुने  र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा।भीष्म अधिकारीले जानकारी दिए ।  

बैठकमा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र बिष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

वामदेवले दिए पार्टी दर्ताका लागि आयोगमा निवेदन, चुनाव चिन्ह गुलाबको फूल

इकागज | साउन ३, २०७९

काठमाडौँ - वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी दर्ताका लागि निर्...

नेकपाकालीन प्रस्तावबारे वामदेवले हाँसेर टारे, माधव नेपाल चुपलाग्दा झलनाथको जवाफ- सिंगै राष्ट्र एक बनाउने !

इकागज | साउन ३, २०७९

काठमाडौं - तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालका बहुमत सचिवालय सदस्य मंगलबार दिउँसो सिंह...

देउवा र प्रचण्डको अपरिपक्व सोचले देश डुबाउनेछ : सुरेन्द्र पाण्डे

सुभाष कर्ण | साउन २, २०७९

जनकपुरधाम - नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर...

राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पुर्‍याउने काम भइरहेको छ : विप्लव

इकागज | साउन २, २०७९

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतर...