नेपाललाई कम्युनिष्टहरुको उर्वरभूमि : अध्यक्ष नेपाल
काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्यमा जोड दिएका छन् ।
अक्टोबर क्रान्ति डेका अवसरमा नेकपा एकीकृत समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहरुबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताएका हुन् । नेपाललाई कम्युनिष्टहरुको उर्वरभूमिका रुपमा लिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले विश्व भरका कम्युनिस्ट पार्टीसँग सम्बन्ध राख्दै अघि बढिरहेको जानकारी दिए ।
नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास गरेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।