जात्रा-पर्व

तराईमा होली हर्षोल्लासकासाथ मनाइयो

इकागज | चैत १२, २०८०

काठमाडौँ - रङहरूको पर्व होली सोमबार तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइएको छ । 

हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार सोमबार त्यस क्षेत्रमा होली मनाइएको हो । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा सोमबार होली पर्व मनाइएको थियो ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको संस्कृतिविद्हरुको भनाइ छ ।

रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै महत्व रहेको छ ।  

होलीमा रङ्गिदै मधेस

इकागज | चैत १२, २०८०

महोत्तरी- आज मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्...

शंकरदेव क्याम्पसकाे स्ववियुद्वारा हाेली विशेष कार्यक्रम, नयाँ विद्यार्थी आन्दोलनमा जाेड

इकागज | चैत ११, २०८०

काठमाडौँ- काठमाडौँकाे शंकरदेव क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले हाेली विशेष कार्यक्...

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

इकागज | चैत ११, २०८०

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकत...

चाडबाडलाई समृद्ध बनाउँदै जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख घिमिरे

इकागज | चैत ११, २०८०

काठमाडौँ - सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्ता...

होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री

इकागज | चैत ११, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेप...