‘नाडा अटो शो’मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

इकागज | भदौ १७, २०८१

काठमाडौं- नाडा अटो शो २०२४ मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकलको बुकिङ भएको दाबी गरिएको छ । नेपालमा ट्राइम्फ मोटरसाइकलको आयातकर्ता कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीले यस्तो दाबी गरेको हो।

ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलहरूमा पहुँच सुनिश्चित गरेको छ। ट्राइम्फ विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित ब्राण्ड हो।

नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ। मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले देखाएको क्रम्पनीको भनाइ छ।

गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको बताए।

ट्राइम्फको मोटरसाइकलको आक्रमक बुकिङले बाइकिङ समुदायको ध्यान खिच्न सफल भएको कम्पनीको दाबी छ।

एमएडब्लु ग्रुपले सार्वजनिक गर्‍यो प्रिमियम इभी नामी, के-के छन् विशेषता ?

इकागज | भदौ ७, २०८१

काठमाडौँ- नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरूको पोर्टफोलिय...

जगदम्बा मोटर्स र पोस्टामले सय जना कन्टेन्ट क्रिएटरहरूलाई टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

इकागज | साउन २७, २०८१

काठमाडौँ- जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हो । मोटर्सल...

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलद्वारा बर्दिबासमा नयाँ शोरुम संचालनको सुरुवात

इकागज | साउन २५, २०८१

काठमाडौँ- नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ल...

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक, सम्पर्क राख्न कम्पनीको आग्रह

इकागज | साउन २३, २०८१

काठमाडौँ- आफ्ना ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडि...

नेपालमा हुन्डाईको ५५ लाख ९६ हजार मूल्यको नयाँ क्रेटा सार्वजनिक

इकागज | साउन २२, २०८१

काठमाडौँ- नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्ड...