तीन दशकदेखि पत्रकारितामा संलग्न थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरुद्ध कलम चलाउँछन् । उनका ‘रजगज‘, ‘दलीय द्वन्द्व‘, ‘विदेशी सहायताका विसंगति‘, ‘राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र‘, ‘एनाटोमी अफ करप्सन‘लगायत पुस्तक प्रकाशित छन् । पछिल्लो समय ‘अन्नपूर्ण पोस्ट्’ दैनिकमा प्रधान सम्पादक रहेका थापा त्यसअघि ‘कान्तिपुर’ दैनिकमा सम्पादक थिए । पत्रकारितामा स्नातकोत्तर थापा संसदीय पत्रकार समाजका पूर्व अध्यक्ष समेत हुन् ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय थापा जलस्रोत, ऊर्जा, आर्थिक मामिला र समसामयिक विषयको लेखनमा पोख्त छन् । व्यवस्थापनमा स्नातकोत्तर थापाले यसअघि ‘कान्तिपुर’ दैनिकमा २० वर्षसम्म विभिन्न पदमा रहेर काम गरेका थिए । पछिल्लो समय ‘अन्नपूर्ण पोस्ट्’ मा सम्पादक रहेका उनी जलसरोकार स्तम्भ र नेपालमा जलविद्युत् नामक पुस्तकका लेखकका रुपमा पनि परिचित छन् ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी भूराजनीति, परराष्ट्र र रक्षा मामिलामा दख्खल राख्छन् । पत्रकारिता र अन्तराष्ट्रिय सम्वन्धमा स्नातकोत्तर उनी शिक्षण पेसाबाट पत्रकारितातर्फ मोडिएका हुन् । ‘स्पेसटाइम’ दैनिक, ‘दि राइजिङ नेपाल‘,‘कान्तिपुर’ (परराष्ट्र मामिला ब्युरो प्रमुख) र ‘अन्नपूर्ण पोस्ट्’ (समाचार प्रमुख) मा काम गरिसकेका उनले एनपीआईको प्रशिक्षण, भारत, चीन, अमेरिका, बेलायतबाट लिडरसिप तथा अनुसन्धानात्मक पत्रकारिता प्रशिक्षणसमेत लिएका छन् । उनी अन्तर्राष्ट्रिय मामिला र समाचार लेखनमा रोयर्टस (बेलायत) फेलो समेत हुन् ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय आचार्य निजी क्षेत्र, विकास, सुशासन, करप्रणाली, व्यापार लगानी र वित्तीय क्षेत्रबारे लेख्छन् । ‘कारोबार‘, ‘रिपब्लिका‘, ‘दि हिमालयन टाइम्स‘मा आर्थिक ब्युरोमा काम गरेका उनी पछिल्लो समय ‘अन्नपूर्ण पोस्ट्’ दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए । नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष उनी मल्टिमिडिया जर्नालिज्ममा पनि चासो राख्छन् ।
मार्टिन चौतारीमा कपी एडिटरका रूपमा सम्पादन सुरु गरेकाआचार्यसित ‘नेपाल’ साप्ताहिक म्यागेजिनमा उपसम्पादक, ‘नागरिक’ दैनिकमा अप–एड एडिटर र ‘अन्नपूर्ण पोस्ट्’ मा ‘फुर्सद’ संयोजन गरेको अनुभव छ । सामाजिक विषयमा लेख्न रुचाउने आचार्यले दर्जनौं पुस्तक सम्पादन गरेका छन् ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय तिमल्सेनाले नागरिक दैनिक, ‘अन्नपूर्ण दैनिकको सहप्रकाशन सम्पूर्ण साप्ताहिकमा कला ब्युरो प्रमुखका रूपमा काम गरेका छन् । मानवशास्त्रमा स्नातकोत्तर उनी फिल्म समीक्षक समाज (फिक्सन) का महासचिव पनि हुन् ।
आधा दशकदेखि पत्रकारितामा सक्रिय कट्वाल खेलकुद र अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्छन् । पोन्डिचेरी विश्वविद्यालयबाट छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामिला अध्ययन गरेका उनी पत्रकारितामा पनि स्नातकोत्तर हुन् । ‘रिपब्लिका’ दैनिकको खेलकुदा ब्यूरो र ‘दि हिमालयन टाइम्स’ दैनिकको अनलाइन ब्यूरोमा रहेर काम गरेका उनी समसामयीक राजनीतिक र सुरक्षा मामिलामा पनि कलम चलाउँछन
दाङबाट पत्रकारिता सुरु गर्दा भट्टराईले रेडियो स्वर्गद्वारी, सूचनापत्र साप्ताहिक र गोरक्ष दैनिकमा काम गरे । राजनीतिक समाचारमा दख्खल राख्ने उनी ०६३ पछि अध्ययनका लागि काठमाडौं आए । आरम्भमा पराकाष्ठा साप्ताहिक त्यसपछि गोरखा एफएम र नेपालवाणी एफएममा काम गरे । केही महिना राजधानी दैनिक र कारोबार दैनिकमा समेत काम गरेका भट्टराई २०६७ फागुनदेखि २०७६ मंसिरसम्म नयाँ पत्रिका दैनिकमा आवध्द रहे । त्यसपछि कान्तिपुर दैनिक अन्तरगतको ekatnipur.com मा काम गरेका भट्टराई ०७७ असोज १५ गतेदेखि ekagaj.com मा कार्यरत छन् । उनी राजनीति शास्त्र र पत्रकारिता स्नातकाेत्तर हुन् ।
सात वर्षदेखि पत्रकारितामा सक्रिय क्षेत्री यसअघि ‘अन्नपूर्ण पोस्ट्‘मा आबद्ध थिए । ‘पहिलोपोस्टडटकम‘, ‘नेपालखबरडटकम’लगायतका समाचार पोर्टलहरूमा काम गरेका क्षेत्री खोज पत्रकारिता केन्द्रका सक्रिय फेलो हुन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी इन्टर प्रेस सर्भिस (आईपीएस)मा पनि रिपोर्टिङ प्रकाशन गरेका उनी राजनीतिक, सामाजिक र संसदीय मामिलामा रिपोर्टिङ गर्न रुचाउँछन् ।
आठ वर्षअघि कैलालीमा हाम्रो मालिका एफएममार्फत् पत्रकारितामा सुरु गरेका देवकोटा कोशेली एफएम हुँदै रेडियो अपीमा समाचार प्रमुखसमेत रहे। यसअघि नागरिक दैनिकअन्तरगतको नागरिक न्यूज डटकममा कार्यरत उनले टिभी अन्नपूर्ण डटकमबाट अनलाइन पत्रकारितामा सुरु गरेका हुन् । देवकाटा सामाजिक र समसामयिक राजनीतिक विषयमा कलम चलाउन रुचि राख्छन्।