सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि

इकागज | पुस १८, २०८१

काठमाडौँ - चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ ।

विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने नीतिले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ । 

बिवाइडीले गत वर्ष ४२ लाख ७२ हजार १४५ वटा गाडी बिक्री गरेको थियो, जुन सन् २०२३ मा बिक्री भएका ३० लाख २४ हजार ४१७ गाडीको  तुलनामा ४१.३ प्रतिशतले बढी हो ।

डिसेम्बरमा मात्रै बिवाइडीले चीनबाहिर ५७ हजार १५४ वटा गाडी बिक्री गरेको छ, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ५८.३ प्रतिशतले बढी हो ।

‘बिल्ड योर ड्रिम्स’ भन्ने अङ्ग्रेजी नारालाई अङ्गीकार गर्ने बिवाइडी विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा सबैभन्दा ठूलो इभी उत्पादक कम्पनी हो ।

कम्पनीको त्रैमासिक आम्दानीले गत वर्षको तेस्रो त्रैमासिक अवधिमा पहिलो पटक विश्वव्यापी प्रतिद्वन्द्वी टेस्लालाई उछिनेको थियो ।

बिवाइडी र चिनियाँ बजारमा यसको उद्योगका समकक्षीहरूको प्रारम्भिक द्रुत बिक्री वृद्धि बेइजिङबाट उदार अनुदानका कारण आंशिक रूपमा लाभान्वित भएका थिए । 

युरोपेली संघ (इयु)ले चिनियाँ कम्पनीहरूलाई राज्यको व्यापक सहयोगले अनुचित प्रतिस्पर्धा निम्त्याएको बताएको छ । समूहले गरेको अनुसन्धानले बेइजिङको अनुदानले स्थानीय प्रतिस्पर्धीहरूलाई प्रभावित गरिरहेको ठहर गरेको छ ।

इयूले गत अक्टोबरमा चिनियाँ विद्युतीय सवारीसाधनमा ३५.३ प्रतिशतसम्म थप कर लगाउने घोषणा गरेको थियो ।

यसअघि सन् २०२४ मा संयुक्त राज्य अमेरिका र क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क बढाएर शतप्रतिशत पु्र्याएका थिए ।

उद्योग अनुसन्धान कम्पनी आरएचओ मोसनका अनुसार नोभेम्बरमा विश्वव्यापी ईभी बिक्री १८ लाखमा पुगेपछि बिवाइडीको यो आँकडा आएको हो।

“यो त्रैमासिकमा विश्वव्यापी रूपमा ईभी बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ हामीले क्रमिक रूपमा अघिल्लो महिनाको रेकर्डलाई तोड्न सफल बनेका छौँ,” आरएचओ मोसन विशेषज्ञ चाल्र्स लेस्टरले गत महिना जारी एक प्रेस विज्ञप्तिमा बताएका थिए । 

यामाहा नेपालद्वारा ७.९९% को न्यून ब्याजदरमा ‘ड्रिम इट, आउन इट’ वित्तीय योजना सार्वजनिक

इकागज | पुस १४, २०८१

काठमाडौं- यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, आ...

एओजी एक्स कल्टको ‘तेस्रो ओभर नाइट राइड’, भिमसेन माविका १३५ विद्यार्थीहरूलाई सहयोग

इकागज | पुस १२, २०८१

काठमाडौँ- नेपाल–एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सम्पन्न भएको छ । पुस ५ र ६ गते आ...

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम

इकागज | पुस ११, २०८१

काठमाडौँ- नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रा. लि. ले आज भक्त...

एमएडब्लू राइड्सले गर्यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना

इकागज | पुस ११, २०८१

काठमाडौँ- नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत...

बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

इकागज | पुस ९, २०८१

काठमाडौँ- बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १०...

ओमोडा इफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टि रेटिङ

इकागज | पुस २, २०८१

ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै ...