नाडामा प्रि‍ बूक गरिएका सिट्रोनका गाडीहरू ग्राहकले दशैँअघि पाउने, शुरु भयो डेलिभरी

इकागज | असोज १८, २०८०

काठमाडौँ – नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दशैँअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ ।

हालै सम्पन्न भएको नाडा अटो शोमा प्रायः ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए ।

सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी हो । आफ्ना ग्राहकहरूको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैँ अगावै गाडीहरूको डेलिभरी प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ ।​

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरूले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरू नाडा अटो शोमा बूक भएका थिए तिनीहरू सबै दशैं अगाडि नै उहाँहरूको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरूको डेलिभरी पनि सुरु गरिसकेका छौँ ।’

 

‘नाडा अटो शो’ को स्टलमा देखियो जनकपुरधाम, वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहकको भिड

इकागज | असोज ३, २०८०

काठमाडौँ – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेप...

अर्थमन्त्रीबाट हुन्डाईको फेष्टिभ डिलाइट २०८०को बम्पर प्राइज सार्वजनिक

इकागज | भदौ २७, २०८०

काठमाडौँ – हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर पुरस्कार...

किन चढ्ने नेपालमा लन्च गरिएको टिभिएसको आईक्युब इलेक्ट्रिक स्कुटर ?

इकागज | भदौ २७, २०८०

काठमाडौं- टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रि...