होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट

इकागज | भदौ २५, २०८०

काठमाडौँ – होन्डा नेपालले हालै नयाँ  एलिभेट गाडी नेपाली बजारमा ल्याएको छ ।

अत्याधुनिक ५ सिट क्षमताको यस एसयूभीले आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स दिने कम्पनीले जनाएकाे छ ।

‘होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरियरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

२२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै एलिभेटको इन्जिनले १२१ पीएसको प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले देशभरका होन्डा डिलरसिपहरूमा गाडी उपलब्ध भएकाे जानकारी दिएकाे छ । यसमा एमटी भेरियन्टको मूल्य ५६ लाख ३५ हजार रुपैयाँबाट सुरु हुन्छ भने सीभीटी भेरियन्टको ६५ लाख ७० हजार रुपैयाँदेखि सुरु हुन्छ ।

स्कोडाको गौरवपूर्ण मोटरस्पोर्ट विरासतप्रति समर्पित कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपालमा

इकागज | भदौ १७, २०८०

काठमाडौँ – युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे ...

जि.डब्लु.एमको ईलेक्ट्रिक गाडी ओरा ०३ ईभी को नेपालमा विक्री वितरण सुरु

इकागज | भदौ १७, २०८०

काठमाडाैँ– नेपालमा जि.डब्लु.एम सवारी साधनको आधिकारिक वितरक भिजि ईम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्...