प्रमुख समाचार

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

इकागज | मंसिर २०, २०८०

काठमाडौँ - नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मङ्गलबार साँझ पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच सोही विषयमा छलफलमा छलफल भएको थियो । एनसेल खरिदबिक्री शंकास्पद भएको भन्दै छानबिन गर्ने सहमति जुटेको थियो । 

आज संसद्का दुई वटा संसदीय समितिमा पनि एनसेल खरिद बिक्रीबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो ।

प्रचण्ड सरकारले छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैनः अध्यक्ष ओली

इकागज | मंसिर २०, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरका...

दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन् । म...

'के खाऊँ के लाऊँ' भन्ने पीरमा बाँच्ने बरफल्याङवासी केरा र सुपारी स्याहार्न व्यस्त

इकागज | मंसिर २०, २०८०

अर्जुनधारा- कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिँड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिन्थे । निर्...

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्...

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाज...