प्रदेश / स्थानीय सरकार

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

इकागज | साउन ११, २०८१
काठमाडौँ- कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । बिहीबार राति नकर्मीको निधन भएको हो । नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले नकर्मीको निधन भएको जानकारी दिए । २०७९को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर निर्वाचित भएका उनी दुई वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि भारतमा समेत उपचार गरिएको थियो । उनलाई गत साउन २ गते ...