प्रदेश / स्थानीय सरकार

पहिरोमा परेर दुई जनाको मृत्यु, एक गम्भीर घाइते

इकागज | साउन १, २०८१
किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।  पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङल...