प्रदेश / स्थानीय सरकार

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

इकागज | साउन ४, २०८१
चितवन- विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ ।  सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ । कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माण स्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो ...