प्रदेश / स्थानीय सरकार

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

इकागज | कात्तिक २४, २०८१
दाङ- दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।   उनी भन्छन्, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । ...