गण्डकी

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे पुन: निर्वाचित

इकागज |
चैत २६, २०८० सोमबार ९:२२ बजे

स्याङ्जा- नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे पुन: निर्वाचित भएका छन् । यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष रहेका गैह्रे सर्वसम्मत चयन भएका हुन् । 

त्यसैगरी उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टंकप्रसाद न्यौपानेले जानकारी दिए ।


नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।


Author

थप समाचार
x