दल

एमालेकाे सचिवालय बैठक पनि आजै

इकागज |
बैशाख २, २०८१ आइतबार ६:२३ बजे

काठमाडौँ- नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमालेले ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक आइतबार बस्ने गरी बोलाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।


एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।  


Author

थप समाचार
x