घटना-दुर्घटना

ग्वार्कोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते, तीन बालबालिकाको अवस्था गम्भीर

इकागज |
बैशाख २३, २०८१ आइतबार १२:१३ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ -  ललितपुरको ग्वार्कोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ मा ​मोबिल राखिएको टहरोमा आइतबार आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपा गिरी, १५ वर्षीय छोरा नित गिरी, आठ वर्षीया छोरी प्रिया गिरी र तीन वर्षीया छोरी एलिसा गिरी रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।


घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको सुवेदीले बताए ।

आगो निभाउन पाँच दमकल प्रयोग गरिएको थियो । अहिले आगो नियन्त्रणमा लिइएको छ ।


Author

थप समाचार
x