समाज

पाटनमा एक पुरुषको शव फेला

इकागज |
बैशाख २३, २०८१ आइतबार २१:३८ बजे

बैतडी- बैतडीमा एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडि रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् । 

दाङ घर भइ हाल पाटनमा लामो समयदेखि सरसफाइको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव फेला परेको हो ।


स्थानीय एक जनाको जीर्ण घरमा बस्दै आएका उनको शव घरको पछाडि घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x