घटना-दुर्घटना

पोखराबाट गुल्मीतर्फ जाँदै गरेको यात्रुवाहक बस १५० मिटर तल खस्यो [फोटो/भिडियोसहित]

इकागज |
जेठ ३, २०८१ बिहीबार १७:२५ बजे

काठमाडौँ- पोखराबाट तमघास तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । तम्घासतर्फ जाँदै गरेको बस लु १ ख ८१७५ नम्बरको गुल्मी रोड साइडमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले जानकारी दिए । सडकबाट १५० मिटर तल बस खसेको हो ।


उनका अनुसार बस भर्खरै दुर्घटनामा परेकाले के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन । हाल दुर्घटनास्थलमा प्रहरीहरू गएकाले थप विवरण आउन लागेको उनले बताए ।

सडकस्तरोन्नतीका रिढिदेखि तम्घास अन्तर्गत रहेका इन्जिनियर आशिष शर्माका अनुसार घाइते ९ जना मध्ये २ जना यात्रु गम्भीर छन् । समानान्तर एलाइट रेडीले उपलब्ध गराएको सवारीमा घाइतेलाई उपचारका लागि रिढि अस्पताल लगिएको छ ।

हेर्नुहोस् भिडियो


Author

थप समाचार
x