समाज

२ केजी ६ सय ५४ ग्राम कोकिनसहित तीन विदेशी महिला पक्राउ

इकागज |
जेठ ३, २०८१ बिहीबार १४:३९ बजे

काठमाडौँ- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २ केजी ६ सय ५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अन्दाजी रु ७ करोड ९६ लाख रुपैयाँ बराबरको कोकिनसहित दुई जना युगान्डा र एक भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । यही वैशाख ३० गते काठमाडौँको सिनामंगल क्षेत्रबाट युगान्डाकी नागरिक केभिना मुगालालाई पक्राउ गरी खानतलासी गर्ने क्रममा पेटभित्र केही वस्तु हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको थियो । सो क्रममा उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्धतिबाट निकालिएको प्रहरीले जनाएको छ ।


उक्त क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

त्यस्तै जेठ २ गते ठमेल धोविचौरस्थीत एक होटलमा शंकास्पद रूपमा बसेकी युगान्डाकी लिल्यिान सुसानको सुटकेशमा लुकाई राखेको अवस्थामा ६३ वटा कोकिनका क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । उक्त कोकिन लिन जाने भारतीय नागरिक डेजवानी पाललाई पनि सोही होटलबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x