घटना-दुर्घटना

अछाममा सवारी दुर्घटनामा परी दुई पत्रकार घाइते

इकागज |
जेठ ३, २०८१ बिहीबार १८:१६ बजे

धनगढी- अछाममा सवारी दुर्घटनामा परी दुई सञ्चारकर्मी घाइते भएका छन् । कैलाश खोला नजिक बिहीबार दिउँसो भएको दुर्घटनामा रेडियो रामारोशनका कार्यकारी प्रमुख ४० वर्षीय कृष्ण बुढा र सोही रेडियोमा कार्यरत २२ वर्षीया रेनुका परियार घाइते भएका हुन् ।

उनीहरू सवार से ६ प ७९९९ नम्बरको मोटरसाइकल तुमाखाँद गाउँपालिका–८ का रोशन रिमालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८१ नम्बरको ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको हो । जिल्लाको ढकारी गाउँपालिका–१ का बुढाको हातमा चोट लागेको प्रहरीले बताएको छ । रेनुकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरू उपचारपछि घर फर्किएका छन् ।



Author

थप समाचार
x