समाज

चोरीका सामानसहित ६ जना समातिए

इकागज |
जेठ ५, २०८१ शनिबार ११:४ बजे

काठमाडौँ- चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङको घरमा कोहि नभएको बेलामा चोरी गर्नेहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । 

रामेछाप दोरम्बा गाउँपालिका-४ गौसरा स्थायी घर भइ जिल्ला ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने कमल थापा मगर, सोहि ठाउँका धनलाल थापामगर, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ बतासे स्थायी घर भई काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने सुवास सुनार र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ शिखरपुर स्थायी घर भई काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित सुन-चाँदी पसल सञ्‍चालन गरी बस्ने रेशम विक पक्राउ परेका हुन् ।


अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूसँगै चोरीका सामानसहित आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको जनाएको छ ।

त्यस्तै चोरी भएकामध्ये आइफोन मोबाइल किनबेच गर्ने काठमाडौँ जिल्ला टोखा नगरपालिका-३ स्थायी घर भई काठमाडौँ महानगरपालिका-२२ न्यूरोड ताम्राकार कम्पलेक्सस्थित सेल फोन सेस्क्यु सेन्टरका सञ्चालक योगेश डाँगी र सप्तरीको सुरुगा नगरपालिका- २ स्थायी घर भई काठमाडौँ महानगरपालिका-१४ कलंकी बस्ने मोहम्मद समिरलाई समेत अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुको सिक्रि थान-१, रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने धातु थान-१, बिभिन्न रंगका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको रानीहार थान-२, बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान-५, बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान -४, बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान -४, रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान-१ र रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान-१ बरामद भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले बताए ।

रेग्मीका अनुसार रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-१, सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान-३, सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-२, सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान-२, सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान-४, सुन जस्तो देखिने पहेलो धातुको टप थान-२, सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान-२, चाँदी जस्तो देखिने पातलो पत्ता थान-३, बिभिन्न दरका नेपाली नोटहरू गरी जम्मा नेपाली रुपैयाँ २४ हजार ४२० र रेड्‌मी कम्पनीको रेड्‌मी-१२ स्क्रिन टच मोबाइल थान-१ पनि बरामद गरिएको छ ।


Author

थप समाचार
x