कर्पोरेट

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

इकागज | माघ ३, २०८१

काठमाडौं- केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ।

बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारको साँचो हस्तान्तरण गरिएको हो। साथै उपहारमा लाग्ने २५ % कर कम्पनी आफैँले व्यहोर्ने पनि जनाइएको छ।

स्मार्ट एप्लायन्सेस् प्रा.लि.को ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो। जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४०% सम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो।

यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले भने, “हामी रवि अर्यालज्यू लगायत अन्य साप्ताहिक विजेताहरुलाई बधाई दिँदै यस क्याम्पेनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौं। स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरा पनि हामी तपाईहरुलाई विश्वास दिलाउन चाहन्छौँ।”

स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएकोले हरेक घर—परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको छ।

कजरिया टाइल्सद्वारा नेपालमा पहिलो प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन शुरु

इकागज | पुस १२, २०८१

काठमाडौँ- नेपालको टाइल उद्योगमा अग्रणी नाम, कजरिया रमेश टाईल्स लिमिटेडले, अब ३००X४५० एमएम सिरेमिक टा...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

इकागज | पुस १२, २०८१

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियोमार्...

क्रिमसन टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान

इकागज | पुस ९, २०८१

क्रिमसन टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा ...

क्रिकेटको मज्जा दोब्बर! सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूलाई एनपीएल टिकट वितरण गर्‍यो

इकागज | पुस ४, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित रोमाञ्चक अफर सफलतापूर्वक सम्पन्...

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरूलाई चेम्बरको आग्रह

इकागज | पुस ३, २०८१

नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरूलाई सुझाव ...

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभमा पाउने

इकागज | मंसिर १८, २०८१

काठमाडौँ- नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको सं...