कूटनीति

उपराष्ट्रपतिसँग भारतका राजदूतको भेट

इकागज | माघ ४, २०८१

काठमाडौं - उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले बताए । 

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहु्ँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराएका थिए । 

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

इकागज | माघ १, २०८१

काठमाडौं -  हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्...

नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतालाई अझ सुदृढ बनाउने राजदूत तोरुको प्रतिबद्धता

इकागज | पुस २९, २०८१

काठमाडौं - नेपालका लागि जापानका नवनियुक्त राजदूत माएदा तोरु नेपाल आइपुगेका छन्। उनी ९ जनवरी २०२५ मा...

विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध

इकागज | पुस २६, २०८१

काठमाडौँ- सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशी...

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्छु : परराष्ट्र सचिव राई

इकागज | पुस २५, २०८१

काठमाडौं- कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औं परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नद...

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

इकागज | पुस १८, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको...