रोग र उपचार

स्वास्थ्य मन्त्रालय भन्यो - ‘लू’बाट बच्नू

इकागज | बैशाख १२, २०८१

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । 

उनले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे । 

“धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ, मानिसलाई बेचैन बनाउने गर्दछ”, उनले भने, “शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटमासमेत असर गर्दछ ।”

बच्न के गर्ने 

लूबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने, हल्का खालको शीतल हुने कपडा लगाउनु पर्दछ । घर बाहिरको काम बिहान वा बेलुका मात्र गर्ने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खाने गर्नुपर्दछ । 

गर्नु नहुने कार्य

 दिउँसो सकभर घर बाहिर ननिस्कने, भान्सामा धेरै समय नबस्ने, बस्नै परेमा प्रशस्त मात्रामा पानी पिउने, धुम्रपान तथा मदिरा सेवन नगर्ने, क्याफिनले धेरै पिसाब आउने हुँदा चिया, कफी, सोडा जस्तो पेयपदार्थ नपिउन आग्रह गरिएको छ । 

स्वास्थ्य मन्त्रालय भन्यो: डेङ्गुकाे सङ्क्रमण बढ्दाे छ सचेतना अपनाउनू

इकागज | चैत २१, २०८०

काठमाडौँ - गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी संकलन ग...

स्वास्थ्य बीमा भएपछि भीमबहादुरले भने- गाउँमा बस्नेलाई सरकारले हेर्दो रहेछ

इकागज | चैत १८, २०८०

काठमाडाैँ - कास्की पोखरी स्वाँराका भीम बहादुर दमैको शनिबार स्वास्थ्य बीमा भएको छ । वडा कार्यालयले ...

स्वास्थ्य मन्त्रालय र डब्लुएचओबीच क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

इकागज | चैत १४, २०८०

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इ...

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

इकागज | चैत ११, २०८०

बझाङ - बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइनन् । यद्यपि उनल...

रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो, भूइँमै राखेर उपचार

इकागज | फागुन २३, २०८०

वीरगञ्ज - मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही...

मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइने

इकागज | फागुन ११, २०८०

बागमती - मुलुकभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लाम...