झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च

इकागज | मंसिर ६, २०८१

भद्रपुर (झापा)- झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुुसार जिल्लाको पुँजीगततर्फ रु १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म रु ७५ करोड ४८ लाख खर्च भएको छ ।  

“चालुतर्फ विनियोजित रु १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् रु चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ”, उनले भने ।

समग्रमा चालु आब २०८१/८२ को कात्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् रु पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहहरुले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेन्न । 

कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिकमा जिल्लाभर रु ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा  सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले रु चार अर्ब ६२ करोड ८४ लाख राजश्व सङ्कलन गरेको छ । 

ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

इकागज | मंसिर २, २०८१

काठमाडौँ - जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विर...

कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रदर्शन

इकागज | मंसिर २, २०८१

काठमाडौँ - पहिचान पक्षधरहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग सहित विराटनगरमा विरोध...

मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षका लागि १७ जनाको मनोनयन दर्ता

इकागज | मंसिर २, २०८१

काठमाडौँ - मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि दुई जना स्वतन्त्र सहित १७ जनाले म...

सरकार नीजि क्षेत्रसँग मिलेर अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

इकागज | मंसिर १, २०८१

विराटनगर- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि...