चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण

इकागज | माघ ५, २०८१

भक्तपुर - चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो ।

नगरपालिकाले सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी स्वास्थ्य संस्थाहरू, नगरपालिकाअन्तर्गतका वडा कार्यालय र अन्य मातहतका कार्यालयहरू र विपन्न नागरिकका लागि खानेपानी परीक्षण निःशुल्क गर्दै अन्य व्यक्ति र निकायलाई शुल्क निर्धारण गरिएको नगरप्रमुख जीवन खत्रीले बताए । नगरभित्रका घरका लागि पानी परीक्षण शुल्क प्रतिपटक तीन सय तोकेको छ । 

संस्थागत विद्यालय तथा मन्टेश्वरीका लागि प्रतिपटक ६ सय ५०, संस्थागत अस्पताल र स्वास्थ्य संस्था तथा अन्य संघसंस्थाहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, होटल, जार तथा बोतलको पानी उत्पादन गर्ने कम्पनी तथा अन्य कम्पनीहरू, नगरपालिका क्षेत्रबाहिरका घरका लागि प्रतिपटक एक हजार दुई सय ५० निर्धारण गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए । 

चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ मा उल्लिखित २७ वटामध्ये धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, सल्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफमजस्ता आधारभूत पारामितिहरू परीक्षण गर्न सकिनेछ ।

नगरमा सञ्चालित सुरक्षित पानी र उत्थानशील नगरपालिका (सर्वोच्च) परियोजनासँगको साझेदारीमा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला सुरु गरिएको नगरप्रमुख खत्रीले बताए । उनले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानी गुणस्तर जाँच गर्न शुल्क निर्धारणसहित परीक्षण गर्न/गराउन सुरु गरिएको उनले उल्लेख गरे । 

नगरपालिकाले नेदरल्याण्डको डोपर संस्थासँगको समन्वय तथा लागत साझेदारीका साथै विभिन्न संस्थाको सहयोगमा ल्याब सञ्चालनमा ल्याइएको हो । योसँगै जिल्लामा रहेकामध्ये चाँगुनारायण खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने पहिलो नगर बनेको छ । 

काठमाडौँ उपत्यकाको खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने चाँगुनारायण तेस्रो नगरपालिका हो । यसअघि गोदावरी र महालक्ष्मी नगरपालिकाले यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेका छन् ।

‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’

इकागज | माघ ५, २०८१

मकवानपुर- बागमती प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकले विभिन्न २३ निर्णय गर्दै राष्ट्रिय समन्वय परिषद्मा पठा...

काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच

इकागज | माघ ४, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौं उपत्यकामा सवारीसाधनको प्रदूषण ज...

बालेन साहको व्यङ्ग्य - टुँडिखेल र खुल्लामञ्‍च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

इकागज | माघ २, २०८१

काठमाडौं - सरकारले भूमि सम्बन्धी अध्यादेश लागू गरेपछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ । यसै...

प्रदेश प्रमुख देवकोटाद्वारा भूकम्प सुरक्षा दिवसको शुभकामना

इकागज | माघ २, २०८१

बागमती- बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पको सम्भावित क्षतिबारे आत्तिनुभन्दा सुरक्षा...